५० रुपैयाँ दरका ४२ करोड नयाँ नोट छपाइका लागि राष्ट्र बैंकले गर्‍यो चीनसँग सम्झौता

डिसी नेपाल
२७ कार्तिक २०८२ १३:५३
32
Shares

काठमाडौं। नेपाल राष्ट्र बैंकले ५० रुपैयाँ दरका ४२ करोड थान नयाँ नोट छपाइका लागि चीनको ‘चाइना बैंक नोट प्रिन्टिङ एण्ड मीन्टिङ कर्पोरेसन’सँग सम्झौता गरेको छ। राष्ट्र बैंकका अनुसार सम्झौता नोटको डिजाइन, छपाइ र आपूर्ति सुनिश्चित गर्न गरिएको हो।

५० रुपैयाँ दरको ४२ करोड थान नयाँ बैंकनोटको डिजाइन, छपाइ र आपूर्तिका लागि मिति २०८२-०४-०९ मा बोलपत्र आह्वान गरिएको थियो। बोलपत्र प्रक्रियामा सहभागी कम्पनीहरूमध्ये न्यूनतम मूल्य प्रस्ताव गर्ने चाइना बैंक नोट प्रिन्टिङलाई सम्झौता गर्ने निर्णय गरिएको राष्ट्र बैंकले जनाएको छ।

सम्झौताअनुसार यस परियोजनाको मूल्य १ करोड ४ लाख २२ हजार ५३५.२१ अमेरिकी डलर (करिब एक करोड ४२ लाख बराबर नेपाली रुपैयाँ) रहेको छ।

यो प्रक्रिया सार्वजनिक खरिद ऐन, २०६३ र खरिद निर्देशिका, २०६७ बमोजिम पूर्ण रूपमा सम्पन्न गरिएको हो। नयाँ नोट छपाइपछि बजारमा पर्याप्त आपूर्ति सुनिश्चित हुने राष्ट्र बैंकको अपेक्षा छ।

नयाँ नोटको छपाइ र वितरणले नेपालमा नोट आपूर्ति सुधार र आर्थिक कारोबारमा सहजता ल्याउने विश्वास व्यक्त गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *