वायुसेवा निगमले गर्‍यो करारमा रहेका ६ कर्मचारी कटौती

डिसी नेपाल
२७ कार्तिक २०८२ १७:०४
72
Shares

काठमाडाैं। नेपाल वायुसेवा निगमले करार सेवामा रहेका ६ जना कर्मचारी कटौती गरेकाे छ।

हाल उडान सञ्चालनमा नरहेका आन्तरिक स्टेशन तथा उडान सञ्चालन रहेका केही स्टेशनबाट हुने उडान संख्या कम भएसँगै कर्मचारी कटौती सुरू गरिएको निगमले जनाएको हो।

निगमले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै करार सेवा तथा मासिक ज्यालादारीमा कार्यरत ६ जना कर्मचारीहरुको करार सेवा तथा मासिक ज्यालादारी अवधि मंगलबारदेखि नै लागू हुने गरी अन्त्य गरिएको जानकारी गराएको हो।

‘निगमले चुस्त दुरुस्त रुपमा सञ्चालन गर्दै आर्थिक दायित्वसमेत कम गर्ने उद्देश्यसहित सुधारात्मक कदमको थालनी स्वरुप व्यवस्थापनले उक्त निर्णय गरेको हो,’ विज्ञप्तिमा भनिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *