सबै जातजाति र संस्कृतिलाई सम्मान गर्नु नेपाली समाजको विशिष्ट पहिचान : पूर्णबहादुर खड्का

डिसी नेपाल
१८ मंसिर २०८२ ७:३०
16
Shares

काठमाडौं। नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले उधौंली, यःमरि पुन्हि (ज्यापु दिवस) र धान्य पूर्णिमाको अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीहरूलाई शुभकामना दिएका छन्।

खड्काले शुभकामना सन्देश जारी गर्दै किराँत समुदायको महत्वपूर्ण पर्व उधौंली, ज्यापु समुदायको सांस्कृतिक पहिचान बोकेको यःमरि पुन्हि (ज्यापु दिवस) तथा समृद्धिको प्रतीक धान्य पूर्णिमाले सबैमा सुस्वास्थ्य, दीर्घायु र प्रगतिको प्रेरणा देओस् भन्ने कामना गरेका हुन्।

उनले नेपाल बहुभाषिक, बहुसांस्कृतिक र विविधतायुक्त राष्ट्र भएको उल्लेख गर्दै सबै जातजाति, समुदाय र संस्कृतिलाई सम्मान गर्नु नेपाली समाजको विशिष्ट पहिचान भएको बताए। विविध पर्वहरूले समाजमा एकता र सद्भावना वृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेको उनको भनाइ छ।

खड्काले शान्ति, सद्भाव र समृद्धि स्थापना गर्न यी पर्वहरूले सबैलाई प्रेरित गर्ने विश्वास व्यक्त गर्दै सम्पूर्ण नेपालीहरूलाई पुनः शुभकामना व्यक्त गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *