एनपीएल : काठमाडौंसँग पोखरा १३ रनले पराजित
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा काठमाडौं गोर्खाजले पोखरा एभेन्जर्सलाई पराजित गरेको छ।
बिहीबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा काठमाडौंले पोखरलाई १३ रनले पराजित गरेको हो।
काठमाडौंले प्रस्तुत गरेको १६६ रनको लक्ष्य पछ्याउने क्रममा पोखराले ८ विकेट गुमाएर १५३ रन बनाउनसक्यो।
खेलको अन्तिम ओेभरमा साहब आलमको ह्याट्रिक विकेटले पोखराका ब्याटर धारासायी भए।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment