जेनजी पुस्ताबाट एमाले केन्द्रीय सदस्यमा अस्मिता थापाको उम्मेदवारी दर्ता
काठमाडौं। नेकपा एमालेको ११ औं महाधिवेशनमा जेनजी पुस्ताबाट सम्भवतः एकमात्र उम्मेदवार बनेकी छन् ओखलढुंगाको लिखु गाउँपालिका उपाध्यक्ष अस्मिता थापा।
२९ वर्षीया थापाले पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्यानलबाट खुला केन्द्रीय सदस्यको महिला क्लस्टरमा उम्मेदवारी दर्ता गराएकी छन्।
थापाको प्रस्तावकमा कोशी प्रदेशकी मन्त्री सिर्जना राई र समर्थकमा अनेरास्ववियुका उपाध्यक्ष विकास श्रेष्ठ बसेका छन्। ओखलढुंगा जिल्ला कमिटी उपसचिव रहेकी थापा अनेरास्ववियुको केन्द्रीय सचिवालय सदस्य रहेकै बेला २०७९ को स्थानीय तह निर्वाचनमा लिखु गाउँपालिका उपाध्यक्ष उम्मेदवार बन्न गएकी थिइन्।
उनी त्यसबेला सबैभन्दा कम उमेर (२६ वर्ष)की उपाध्यक्षका रुपमा निर्वाचित भएकी थिइन्। थापाले एमालेलाई उमेर समूह र राजनीतिक सक्रियताका हिसाबले तीन तरेलीको नेतृत्व पंक्ति निर्माणमा आफू सबैभन्दा नयाँ जेनजी पुस्ताबाट पार्टीले अघि सारेको उम्मेदवार भएको बताइन्।
पार्टीमा आफूहरुजस्ता नयाँ पुस्ता,आन्दोलनबाट स्थापित युवा नेताहरुसहितको दोस्रो पुस्ता र पार्टी स्थापनादेखि देशमा लोकतान्त्रिक तथा कम्युनिस्ट आन्दोलनको नेतृत्व गरेको पहिलो पुस्तासहितको समिश्रणमा नयाँ रुपान्तरण आवश्यक भएको बताएकी छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment