पार्टी विभाजनबारे विश्वप्रकाशले मुख खोले
काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनका कारण पार्टी विभाजन नहुने बताएका छन्। बिहीबार सामाजिक संजालमार्फत महामन्त्री शर्माले विशेष महाधिवेशनले पार्टीलाई अझ बलियो बनाउने बताएका छन् । उनले विशेष महाधिवेशन बाध्यकारी भएकाले यो वैधानिक रहेको बताए।
उनले अहिलेको नेपाल भदौ २४ अघिको नभएको भन्दै नयाँ सोचका साथ अघि बढ्नु पर्ने बताए। विशेष महाधिवेशन हस्ताक्षर गर्ने र नगर्ने सबैको भएको बताए।
उनले भनेका छन्, ‘नेपाली काँग्रेसको पहिलो बिशेष महाधिवेशनले नेपाली काँग्रेसलाई त्यो समयको सही मार्गमा सही ढंगले अघि बढ्न दुरदृष्टि र दृढ इच्छाशक्ति दिएको थियो । दोस्रो विशेष महाधिवेशन भिन्न राष्ट्रिय परिस्थिति र भिन्न आन्तरिक अवस्थाका बीचमा भइरहेकोे छ । यो संवेदनशील र ऐतिहासिक घडीमा हामीले एकातर्फ आन्तरिक एकतालाई सुदृढ बनाउने कार्य गरेर पार्टीभित्र नवीन आत्मविश्वास भर्नुछ । अर्कोतर्फ आजको नेपाल र अबको नेपालका बारे सुझबुझपुर्ण दृष्टि, योजना र संकल्प अघि सारेर मुलुकको विश्वास जित्न नयाँ ढंगले अघि बढ्नुछ ।’
No ads found for this position



डिसी नेपाल
Facebook Comment