जेनजी पुस्ताहरुको एजेण्डा सरकारको राजनीतिक रोडम्याप : गृहमन्त्री अर्याल

डिसी नेपाल
२४ पुष २०८२ १४:०५
128
Shares

काठमाडौं। गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी पुस्ताहरुको एजेण्डा सरकारको राजनीतिक रोडम्याप भएको बताएका छन्।

बिहीबार काठमाडौंमा आयोजित लोकतन्त्रको स्थायित्वका लागि निर्वाचन र सहभागिता विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले जेनजी पुस्तालाई एउटा महत्वपूर्ण स्टेक होल्डर मान्दा सबैलाई लाभ नै लाभ रहेको बताए।

उनले भने, ‘जेनजी पुस्ताहरुको एजेण्डा सरकारको राजनीतिक रोडम्याप हो। जेनजीका मुद्दा छलफल हुँदाखेरी जेनजी स्वतः यो छलफलको आदी हिस्सा हो। किनकी सरकारसँग जेनजीले सम्झौता गरेको छ। जेनजी पुस्तालाई एउटा महत्वपूर्ण स्टेक होल्डर मानेको अवस्थामा सबैलाई लाभ नै लाभ छ । त्यसकारण परिवर्तनलाई स्वीकारर्नुपर्छ अनि मात्र हिंसा दोहोरिँदैन।’

त्यस्तै उनले विधिको शासन मिचेर गरेको काम सुशासन नुहने धारणा राखे। विधिको शासन मिचेर कसैले स्टन्ड गर्छ भने त्यसलाई सुशासन मान्न नसकिने उनको भनाई छ।

‘विधिको शासन मिचेर गरेको काम सुशासन हुँदैन। जेनजीको सपना सुशासन हो । सुशासनका लागि विधिको शासन अपरिहार्य छ। विधिको शासन मिचेर कसैले स्टन्ड गर्छ भने त्यो सुशासन होइन। त्यसैले सुशासनको लागि सरकार लागेको हो । गृहमन्त्री त्यसैमा लागेको छ’ उनले भने।

उनले आफ्नो प्राथमिकता देश जोगाउने कुरामा रहेको बताउँदै सफा नियत हुँदाहुँदै पनि आफ्ना विषयमा बाहिर गलत धारणाहरु आएको गुनासो गरे।

‘मेरो पहिलो प्राथमिकता देश जोगाउने हो। त्यसमा लाग्दा केही कुरा ढिलो भएछन् ,रेसपोन्स समयमा भएन भने त्यसलाई नराम्रो रुपमा नलिनुहोला। मेरो गलत नियत छैन् । म त बीचमा बोल्न पनि नपाउने भएको थिए । बोल्यो कि गलत अर्थ लगाउने काम भयो’ उनले भने।

निर्वाचन सुरक्षित र निष्पक्ष रुपमा सम्पन्न हुने उनको दाबी छ। मन्त्री अर्यालले पीडितको न्यायको लागि लडेर आएको मानिस आफू भएको कारण राजनीतिमा नजाने जानकारी गराए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *