विशेष महाधिवेशन : २१८५ प्रतिनिधिले गरे हस्ताक्षर
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको पक्षमा अहिलेसम्म २ हजार १ सय ८५ महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेका छन्।
काठमाडौंको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डमा कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र जारी रहेकोमा उक्त संख्यामा महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशनका पक्षमा हस्ताक्षर गरेको सचिवालय सदस्य युवराज पाण्डेले जानकारी दिएका छन्। हस्ताक्षरको क्रम जारी नै रहेको छ।
कांग्रेसमा ४७४३ जना महाधिवेशन प्रतिनिधि रहेका छन्।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment