बालेन केपी ओलीसँग भिड्ने निश्चित, मेयर पदबाट कहिले दिन्छन् राजीनामा ?
काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह झापा क्षषत्र नम्बर ५ बाट उम्मेदवार बन्ने लगभग निश्चित भएको छ। यो क्षेत्र नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले चुनाब जित्दै आएको क्षेत्र हो। उम्मेदवारी दिनका लागि बालेनले मेयर पदबाट राजीनामा दिने तयारी गरेका छन्।
बालेनले आइतबार राती सामाजिक संजाल फेसबुकमा लेखेका छन् – ‘शुभकामना सबैलाई !! हामी आउँदै छौं !!’ यसलाई बालेन आफूले उम्मेदवारी दिने क्षेत्रमा ओर्लिने संकेतको रूपमा हेरिएको छ। पछिल्लो पटक २०७९ मा स्थानीय निर्वाचनको बेला पनि बालेनले यसैगरी केही दिन अगाडि नै उम्मेदवारी घोषणा गरेर मनोनयन दर्ता हुने दिनसम्म छुट्टै माहोल बनाएका थिए।
बालेन निर्वाचन क्षेत्रमा कहिले ओर्लिन्छन् भन्ने स्पष्ट छैन तर उनले अहिले नै उम्मेदवारी घोषणा गर्ने संकेत गरेका छन्। प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्ने दिन आउन अब लगभग १ हप्ता बाँकी छ। उम्मेदवारी दर्ता माघ ६ गतेका लागि तोकिएको छ।
बालेनले अहिले नै उम्मेदवारी घोषणा गरे पनि राजीनामा भने केही दिनपछि दिने स्रोत बताउँछ। स्रोतका अनुसार उम्मेदवारी घोषणा गर्दैमा राजीनामा दिन कानुनी रूपमा बाधयकारी नभएकोले उनले केही दिन राजीनामा दिने छैनन्। उनले उम्मेदवारी दर्ता गर्ने दिनभन्दा २ दिनअघि माघ ४ गते राजीनामा दिने तयारी गरेका छन्।
No ads found for this position



डिसी नेपाल
Facebook Comment