कांग्रेस प्रतिनिधिहरु भन्छन् : विशेष महाधिवेशनमा सभापति देउवा आइदिए हुन्थ्यो

डिसी नेपाल
२८ पुष २०८२ १३:१५
100
Shares

काठमाडौं। नेपाली कांग्रेसको विशेष महाधिवेशनको बन्दसत्र भृकुटीमण्डपमा जारी भएको छ। आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनअन्तर्गत आज बन्दसत्र आयोजना गरिएको हो।

विशेष महाधिवेशनका लागि काठमाडौं आएका जनप्रतिनिधि दीपक पौडेलले यो महाधिवेशन कांग्रेसका लागि ऐतिहासिक अवसर भएको बताए ।

उनले नियमित महाधिवेशन भइरहने भए पनि विशेष महाधिवेशन विरलै हुने उल्लेख गर्दै भने, ‘कांग्रेसको विशेष महाधिवेशन हाम्रो लागि अवसर र गौरवको क्षण हो। २०१२ सालपछि अहिले मात्र यस्तो महाधिवेशन हुन लागेको हो। यसले कांग्रेसलाई मात्र होइन, समग्र मुलुकलाई नै पुनर्जागृत गर्ने विश्वास लिएको छु।’

त्यस्तै जनप्रतिनिधि पदम प्रसाद प्रसाईंले विशेष महाधिवेशनमा सभापतिको उपस्थिति भए राम्रो हुने बताए। उनले सभापति नआए पनि त्यसको विकल्प खोजिनुपर्ने उल्लेख गर्दै भने, ‘यो महाधिवेशनमा सभापति आइदिए राम्रै हुन्थ्यो। अझै पनि उहाँ आउन सक्नुहुन्छ। तर उहाँ नआए पनि विकल्प के छ भन्ने कुरा उठ्छ। जनप्रतिनिधिहरूको चाहना हेर्दा उहाँ नआए आफैं सभापति पछि पर्नुहुन्छ।’

प्रसाईंले महाधिवेशनमा जनप्रतिनिधिको सहभागिता ७५ प्रतिशतभन्दा बढी हुने विश्वास व्यक्त गर्दै विशेष महाधिवेशनपछि कांग्रेसले युवा नेतृत्व पाउनेमा आफूहरू आशावादी रहेको बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *