सानेपामा केन्द्रीय समिति बैठक बोलाएर कांग्रेसका शीर्ष नेता आफैं गएनन्

डिसी नेपाल
२९ पुष २०८२ १६:३४
1.9k
Shares

काठमाडौं। दिउँसो १ बजेका लागि बोलाइएको नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक साढे ४ बजेसम्म सुरु हुन सकेको छैन । शीर्ष नेता नआएपछि बैठक सुरु हुन नसकेको हो।

सानेपास्थित केन्द्रीय कार्यालयको बैठकहलमा केन्द्रीय सदस्यहरू शीर्ष नेतालाई कुरेर बसिरहेका छन्। उता शीर्ष नेताहरू छुट्टै छलफलमा जुटेका छन्।

छलफलमा कार्यवाहक सभापति पूर्णबहादुर खड्का, उपसभापति धनराज गुरुङ, नेता डा. शेखर कोइराला, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, शशांक कोइरालालगायत छन्।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *