थाइल्याण्डमा उच्च गतिमा गुडिरहेको रेलमाथि क्रेन खस्दा २२ जनाको मृत्यु
काठमाडौं । थाइल्यान्डको नाखोन राचासिमा प्रान्तमा निर्माणाधीन क्रेन गुडिरहेको एक्सप्रेस रेलमाथि खसेर दुर्घटना भएको छ। यस घटनामा २२ जनाको मृत्यु भएको छ भने ५५ जना घाइते भएका छन्।
उद्धार टोलीहरू अझै पनि भग्नावशेषमा फसेका यात्रुहरूलाई मुक्त गर्न प्रयासरत छन्। यसैबीच, क्रेन किन खस्यो भन्नेबारे अधिकारीहरूले अनुसन्धान सुरु गरेका छन् ।
थाइल्यान्ड राज्य रेलवे (एसआरटी) र रेल यातायात विभागका अधिकारीहरूलाई सी खिउ जिल्लाको बान थानोन कोट गाउँमा घटनास्थल जाँच गर्न पठाइएको छ।
उक्त क्रेन उच्च-गति रेलमार्ग निर्माण परियोजनाको हिस्सा थियो जुन रेलमार्गमा खसेर दुर्घटना भएको हो।
दुर्घटना बिहान करिब ९:४५ बजे भएको थियो, जब बैंकक–उबोन राचथानी विशेष एक्सप्रेस रेल तीव्र गतिमा क्रेनसँग ठोक्कियो। ठोक्किएपछि रेल पटरीबाट बाहिर गएर दुर्घटनाग्रस्त भएको थियो।
No ads found for this position



डिसी नेपाल
Facebook Comment