आशिका तामाङले उम्मेदवारी फिर्ता नलिएको सचिवालयको स्पष्टोक्ति

डिसी नेपाल
९ माघ २०८२ १५:२८
200
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की धादिङ–२ की उम्मेदवार आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता नलिएको स्पष्ट पारेकी छन्।

विभिन्न सञ्चारमाध्यममा उनको उम्मेदवारी फिर्ता लिएको भन्ने समाचारप्रति आपत्ति जनाउँदै तामाङको सचिवालयले ती समाचारहरू भ्रामक भएको जनाएको छ।

तामाङको सचिवालयले उम्मेदवारी फिर्ता लिएको भन्ने समाचारको खण्डन गर्दै भनेको छ, ‘उम्मेदवारी फिर्ता लिएको छैन। उहाँ हाल धादिङमै हुनुहुन्छ। पिआर विवाद भनेर प्रसारण गरिएका समाचारहरू समेत निराधार र भ्रामक छन्।’

सचिवालयले यस्ता अपुष्ट र गलत समाचारको पछि नलाग्न सञ्चारमाध्यम तथा सर्वसाधारणलाई आग्रहसमेत गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *