शंखुवासभा पुगेका बालेनले मागे मिङ्मा शेर्पालाई भोट
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले संखुवासभामा रहेको रास्वपाका उम्मेदवार मिङ्मा शेर्पालाई साथ सहयोग गरेर जिताउन आग्रह गरेका छन्।
जिल्ला भ्रमणको क्रममा शंखुवासभा पुगेका उनले संखुवासभामा पर्यटन र कृषि विकास गरेर नेपालको मात्रै होइन बाहिरका मान्छेलाई पनि यो क्षेत्रमा ल्याउनको लागि रास्वपाको उम्मेदवारलाई जिताउन आग्रह गरेका छन्। .
उनले भने, ‘म संखुवासभा पहिलो पटक आएको हो। म जसरी यहाँ आइपुगेको छु, त्यसैगरि अन्य नेपाली जनतालाई पनि यहाँ आउने बाटो खुलाई दिनु होला। यहाँको पर्यटन विकास गरेर, कृषि विकास गरेर नेपालको मात्रै होइन बाहिरको मान्छेले पनि यहाँ आउने मौका पाओस त्यसको लागि राम्रो उम्मेदवार हामीले यहाँको लागि छनोट गरेका छौ। सबैको साथ सहयोगमा उहाँलाई जिताउनु होला।’
No ads found for this position



डिसी नेपाल
Facebook Comment