कांग्रेसले मधेशका मुद्दा जुरुक्क बोक्नेछ : गगन थापा

डिसी नेपाल
१६ माघ २०८२ १६:५५
8
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले अबको पाँच वर्ष पार्टीले मधेसका मुद्दा जुरुक्क बोक्ने बताएका छन्।

शुक्रबार धनुषामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा सभापति थापाले मधेसले सम्पूर्ण विश्वास दिए कांग्रेसको एकमना सरकार बन्ने र सम्पूर्ण मुद्दा बोक्ने बताएका हुन्।

‘मधेसले पूर्ण विश्वास दिएपछि कांग्रेसको एकमना सरकार बन्छ । त्यो सरकारले मधेसका मुद्दा जुरुक्क बोक्छ । चाहे त्यो संविधानसम्बन्धी विषय होस्, चाहे मधेसीमाथि हुने अन्यायपूर्ण विभेदसँग जोडिएको विषय हुन् सबै मुद्दा कांग्रेसले बोक्छ,’ उनले भने।

आफू निर्वाचन क्षेत्र नभएर यहाँ आएको नभइ मधेसलाई जोड्न आएको उनले बताएका छन्। उनले मधेशलाई कांग्रेसको जननी भएको समेत बताएका छन्।

उनले मधेसका मुद्दा सम्बोधन गर्न आफूले मात्र जितेर नपुग्ने बताए। पार्टीबाट भएका कतिपय त्रुटिले धेरैजना कांग्रेसबाट बाहिर बसिसकेको स्वीकार गर्दै अहिले फर्कने क्रम सुरु भएको बताए।

उनले निवर्तमान सभापति शेरबहादुर देउवासँग संवाद भइरहेको भन्दै पार्टीभित्र विभाजित मत अहिले बाँकी नरहेको दाबी गरेका छन्। धनुषा–१ का उमेदवारसँगै, क्षेत्र नम्बर–३ का उमेदवार पूर्वउपसभापति विमलेन्द्र निधि, क्षेत्र नम्बर–४ का उमेदवार महेन्द्र यादवलाई पनि जिताउन थापाको आग्रह छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *