भूतपूर्व सुरक्षाकर्मीहरूलाई सम्मान गर्न राजु पाण्डेको माग

डिसी नेपाल
१६ माघ २०८२ १७:२३
32
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि सभा उम्मेदवार राजु पाण्डेले राज्यले भूतपूर्व सुरक्षाकर्मीहरुलाई पनि सम्मान गर्नुपर्ने बताएका छन्।
शुक्रबार काठमाडौंमा आयोजित अन्य पार्टीका नेता कार्यकर्ता रास्वपा प्रवेश कार्यक्रममा उनले राज्यले बजेट ल्याउने बेला बाहलवाला कर्मचारीलाई महंगी भत्ता भनेर दिएपनि भूतपूर्व सुरक्षाकर्मीहरुको लागि त्यस्तो व्यवस्था नभएको भन्दै राज्यले व्यक्तिहरुलाई पनि सम्मान गर्नुपर्ने बताए।

उनले भने, ‘राज्यले बजेट ल्याउने बेला वहालवाला कर्मचारीलाई महंगी भत्ता भनेर दिन्छ। त्यो भूतपूर्व सुरक्षाकर्मीलाई दिनु पर्दैन् ? भूतपूर्व आधा तलबले बाच्नुपर्ने अवस्था छ। उनीहरुलाई हेर्नु पर्दैन् ? सुरक्षाकर्मी भनेको जति बेला पनि राज्यलाई आवश्यक पर्ने समूह हो। उनीहरुलाई राज्यले सम्मान गर्नुपर्छ भन्ने लाग्छ।’

यस्तै, उनले सुरक्षाकर्मीहरु आफ्नो घर परिवार, छोराछोरी एकातिर छाडेर राज्यको सुरक्षाको लागि खट्ने गरेको भन्दै उनीहरुलाई रेटाएर हुने बेलाकेवल एउटा माला, खादा र टीका मात्रै दिइने पनि उल्लेख गरे।

उनले सरुवा बढुवा हरेक कुराको लागि राजनीतिक हस्क्षप हुने गरेको पनि आरोप लगाएका छन्। पाण्डे रास्वपाबाट काठमाडौं क्षेत्र नम्बर ३ का प्रत्यक्षतर्फका उम्मेदवार हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *