फागुन २१ गते हुने निर्वाचन देश बनाउने र देश जलाउने शक्तिबिचको चुनाव हो : कैलाशप्रसाद ढुङ्गेल

डिसी नेपाल
१७ माघ २०८२ १५:३७
28
Shares

रामेछाप । नेकपा एमाले वाग्मती प्रदेश कमिटी अध्यक्ष कैलाशप्रसाद ढुङ्गेलले फागुन २१ गते हुने निर्वाचनलाई ‘देश बनाउने र देश जलाउने शक्तिबिचको चुनाव’ भएको बताएका छन्।

शनिबार नेकपा एमाले रामेछापको विस्तारित बैठकलाई सम्बोधन गर्दै उनले अहिले मुलुकमा देश निर्माण गर्ने शक्ति एमाले र देशलाई अस्थिरतामा धकेल्ने शक्तिबिच मुख्य प्रतिस्पर्धा भइरहेको धारणा राखे।

‘यो लडाइँ एमालेले जित्नै पर्छ। एमालेलाई हार्ने छुट छैन,’ उनले भने, ‘देशभरिका मतदाता सचेत भए एमालेले जित्छ, अन्यथा देश जलाउनेले जित्नेछन्।’ अध्यक्ष ढुङ्गेलले लोकतन्त्र, सार्वभौमसत्ता र राष्ट्रिय अखण्डता जोगाउन एमालेले यो निर्वाचन जित्नुपर्ने आवश्यकता औँल्याए।

उनले एमाले नेतृत्वको सरकारले सत्ता सञ्चालन गर्दा भएका विकास निर्माणका कामलाई जनतासमक्ष प्रभावकारी रूपमा पुर्याउन सके मात्रै पनि पार्टीलाई चुनाव जित्न पर्याप्त हुने बताए। त्यसका लागि जनताबिच विकासका उपलब्धि पुर्याउने जिम्मेवारी पार्टीका नेता तथा कार्यकर्ताको काँधमा रहेको उनले बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *