ओली भन्छन्- आगामी निर्वाचन देश जलाउने कि बनाउने भन्नेबीचको प्रतिस्पर्धा हो
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा देश जलाउने कि बनाउने भन्नेबीच प्रतिस्पर्धा हुने बताएका छन्।
शनिबार काठमाडौंको चाबहिलमा ओखलढुंगा-काठमाडौं सम्पर्क मञ्चद्वारा आयोजित प्रतिनिधिसभा निर्वाचन केन्द्रित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले उक्त कुरा बताएका हुन्।
‘हामी देश बनाउने कित्तामा छौं। त्यसैले आगामी निर्वाचन देश जलाउने कि बनाउने भन्नेबीचको प्रतिस्पर्धा हुनेछ। आगामी निर्वाचनमा देश हार्नु हुँदैन। तपाईंहरूले देशलाई विजयी बनाउनु हुनेछ भन्ने विश्वास लिएको छु। १६५ मध्ये एउटा ठाउँमा पनि देश हार्न हुँदैन,’ उनले भने।
उनले चुनावमा झापा क्षेत्र नम्बर ५ मा आफ्नो प्रतिस्पर्धी बालेन साहतर्फ इङ्गित गर्दै ‘ठुटे सिङ लिएर सिंगौरी खेल्न’ पुगेका टिप्पणी गरेका छन्।
‘मैले धेरै केही भन्नु पर्दैन। अण्डा दुई प्रकारका हुन्छन्– एउटा बतासे, एउटा साँच्चैको अण्डा। बतासे अण्डाबाट चल्ला निस्किँदैन,’ उनले भने।
उनले केही व्यक्तिले बतासको खेती गरिरहेको आरोप लगाएका छन्। ‘बतासेहरूको संगठन छैन, उद्देश्य छैन, बिचार छैन। भोलि उठी कहाँ जाने केही थाहा छैन। फर्की आउने हो कि होइन, त्यो पनि थाहा छैन। पुल्ठो झोस्न जान्या छ, आगो बाल्न जान्या छ, देश बिगार्न जान्या छ, भड्काउन जान्या छ, तोडफोड गर्न जान्या छ, लुटपाट गर्न जानेको छ, आगजनी गर्न जान्या छ। यस्ता कुराहरुलाई क्रान्ति भनेर महिमामण्डन गरेको छ। र, अरुमाथि विभिन्न प्रकारका आरोपहरु लगाएको छ,’ उनले भने। ओलीले यस्ता अपवाहको पछि नलाग्नसमेत आग्रह गरेका छन्।
No ads found for this position



डिसी नेपाल
35 barsha samma banayeko desh ko halat dekhda t khubai banaune rahechha, kati laz patchauna sakya ho.