कर्णालीका ४४१ मतदान केन्द्र अति संवेदनशील

डिसी नेपाल
१७ माघ २०८२ २२:३५
28
Shares

काँक्रेविहार (सुर्खेत)। प्रहरीले कर्णाली प्रदेशका १० जिल्लामा ३५१ मतदानस्थलका ४४१ मतदान केन्द्रलाई अति संवेदनशील सूचीमा राखेको छ।

आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रदेश प्रहरी कार्यालयले प्रदेशका एक हजार ४३७ मतदान केन्द्रमध्ये ३०१ सामान्य र ६५१ संवेदनशील सूचीमा राखेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता रामप्रकाश शाहले जानकारी दिए।

उनका अनुसार निर्वाचन सुरक्षाका लागि प्रदेशभर १४ हजार ७१९ जना प्रहरी परिचालन गर्ने तयारी गरिएको छ। कर्णालीका कतिपय स्थानमा सडकको अवस्था राम्रो नहुँदा निर्वाचन गराउन र मतपेटिका ल्याउन हुन सक्ने समस्यालाई मध्यनजर गरी सोहीअनुसार तयारी गरिएको पनि शाहले जानकारी दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *