नवनिर्वाचित सभामुख अर्यालको शपथ कार्यक्रम आइतबार तय

डिसी नेपाल
२० चैत २०८२ १७:४५
128
Shares

काठमाडौं । प्रतिनिधि सभाका नवनिर्वाचित सभामुख डोलप्रसाद (डीपी) अर्यालको पद तथा गोपनीयताको शपथ ग्रहण कार्यक्रम आइतबारका लागि निर्धारण गरिएको छ।

राष्ट्रपति कार्यालय शीतल निवासबाट प्राप्त जानकारी अनुसार शपथ कार्यक्रम दिउँसो साढे २ बजे सञ्चालन हुनेछ। उक्त कार्यक्रम शीतल निवासस्थित राष्ट्रपति भवनमै आयोजना गरिनेछ।

सभामुख अर्याललाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम तय गरिएको छ।

यसअघि सभामुख पदका लागि भएको उम्मेदवारी दर्ता प्रक्रियामा अर्यालको मात्रै नाम प्रस्ताव भएपछि उनी निर्विरोध निर्वाचित भएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *