सुरेश राईको दोस्रो गीत ‘आधा चुरोट हावैले लैजान्छ’ को म्युजिक भिडियो सार्वजनिक

डिसी नेपाल
३ वैशाख २०८३ १२:२८
28
Shares

खोटाङ। सुरेश राईको दोस्रो गीत ‘आधा चुरोट हावैले लैजान्छ’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। गीत युट्युब च्यानल Suresh Rai & The Sapphire मार्फत सार्वजनिक भएको हो।

गीतमा स्वर सुरेश राईले दिएका छन् भने शब्द र संगीत Suresh Rai And The Sapphire को रहेको छ। सागर संसार राईले एरेन्ज गरेको गीतको भिडियोलाई बेदना खेरेसुङमा राईले निर्देशन गरेकी हुन्। भिडियोमा कलाकारहरू जीवन भट्टराई , सुरेश राई र द सफायर देखिएका छन्।

यस अघि राईको ‘माया गर्छु नि हौ’ बोलको गीत बजारमा आइसकेको छ।

गीत,कविता र कथा लेखनमा सकृय राईको ‘सम्झनाको फोटोकपी (२०८०)’ कविता संग्रह प्रकाशित छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *