सी जिनपिङले मलाई अंगालो हालेर धन्यवाद दिनेछन् : ट्रम्प

डिसी नेपाल
३ वैशाख २०८३ १२:४९
336
Shares

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुजको जलडमरूलाई सदाका लागि खोल्ने बताएका छन्।

ट्रुथ सोसियलमा पोस्ट गर्दै ट्रम्पले लेखेका छन् , “चीन धेरै खुसी छ कि म हर्मुजको जलडमरूम सदाको लागि खोल्दैछु। म यो उनीहरूको लागि र सम्पूर्ण विश्वको लागि गर्दैछु। यो अवस्था फेरि कहिल्यै उत्पन्न हुनेछैन।”

ट्रम्पले दाबी गरे, “उनीहरू (चीन) इरानलाई हतियार नपठाउन सहमत भएका छन्।”

डोनाल्ड ट्रम्प र सी जिनपिङ चाँडै भेट्ने तयारीमा छन्। ट्रम्पले चिनियाँ राष्ट्रपतिले आफ्नो निर्णयको लागि अँगालो हालेर धन्यवाद दिने बताएका छन्।

यसअघि चीनले हर्मुजको जलडमरू विश्वको एक धेरै महत्त्वपूर्ण व्यापार मार्ग भएको र यसलाई अवरुद्ध गर्नु सही निर्णय नभएको बताएको थियो।

अप्रिल १२ मा, डोनाल्ड ट्रम्पले ट्रुथसोसियलमा घोषणा गरे कि अमेरिकी नौसेनाले हर्मुजको जलडमरूम पार गर्ने प्रयास गर्ने कुनै पनि जहाजलाई नाकाबन्दी लगाउनेछ। उनले अन्य देशहरू पनि यसमा संलग्न हुने कुरा पनि थपे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *