मरेको ब्रोइलरको मासु खाँदा कलिला दाजुभाइको मृत्यु, आमा र कान्छा छोरा अस्पतालमा

डिसी नेपाल
५ वैशाख २०८३ १२:४६
536
Shares

काठमाडौं । मरेको ब्रोइलर कुखुराको मासु खाँदा कैलालीमा कलिला दाजुभाइले ज्यान गुमाएका छन् । मासु खाएपछि बिरामी भएका उनीहरूको सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।

बिहीबार मरेको बोइलर कुखुराको मासु खाएका चुरे गाउँपालिका–३ को भक्तपुरका सहोदर दाजुभाइ ५ वर्षीय दीपक ताम्राकार र ८ वर्षीय भीम ताम्राकारको मृत्यु भएको हो । उनीहरूकी आमा २८ वर्षीया राधिका ताम्राकार र उनका कान्छा छोरा ३ वर्षीय दिपेश ताम्राकारको प्रादेशिक अस्पतालमै उपचार भइरहेको छ ।

उनीहरूले मरेको कुखुराको मासु स्थानीय विकास पोल्ट्री फार्मबाट खरिद गरेको पाइएको प्रहरीले जनाएको छ । फार्म सञ्चालक मंगल साउँदले आफैँ इलाका प्रहरी कार्यालय मालाखेतीमा उपस्थित भएर कागज गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *