लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ
xr:d:DAFQ4UFI_nI:702,j:44705443211,t:23040605
काठमाडौं। देशका विभिन्न स्थानबाट लागूऔषधसहित प्रहरीले १३ जनालाई पक्राउ गरेको छ।
बाँकेको नेपालगंज उपमहानगरपालिका-११ कहारन टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय ९० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३० वर्षीया रोशनी राईलाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ। लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो।
ललितपुरको ललितपुर महानगरपालिका-९ चामुन्डाबाट अवैध लागूऔषध पोलेन ८० ग्राम सहित सोही ठाउँ बस्ने २४ वर्षीय चेत बहादुर विकलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। प्रहरी प्रभाग मंगलबजारबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो। साथै थप अनुसन्धानको क्रममा सोही नगरपालिका-९ चामुन्डाबाट पोलेन ५ सय १८ ग्राम र नगद १३ हजार १ सय ३० रूपैयाँ सहित मकवानपुर थाहा नगरपालिका-१२ जगडाँडा घर भएका ३० वर्षीय सुरेन्द्र गोलेलाई समेत प्रहरीले पक्राउ गरेको छ।
यसैगरी ललितपुरको ललितपुर महानगरपालिका-१० गुर्सिङ्गलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ७० ट्याब्लेट र स्पास्मो ५ ट्याब्लेट सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सोही महानगरपालिका-१० ज्वागल बस्ने सिन्धुपाल्चोक घर भएका २५ वर्षीय रमेश चालिसे र काठमाडौं कपन बस्ने काभ्रे घर भएका २२ वर्षीय योगेश लामा रहेका छन्। प्रहरी प्रभाग पुल्चोकबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो।
कञ्चनपुरको बेलडाँडी गाउँपालिका-२ क्याम्पबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ ग्राम ८ सय ४० मिलिग्राम सहित सोही गाउँपालिका-४ बैवाह बस्ने १९ वर्षीय बासुदेब महरालाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय बेलडाँडीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
झापाको अर्जुनधारा नगरपालिका-११ बसपार्कबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ४० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३२ वर्षीय स्याङ आङदेम्बेलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ। अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
यसैगरी झापाको शिवसताक्षी नगरपालिका-७ चन्द्रडागी बस्ने ३२ वर्षीय गंगा बहादुर मगरलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १३ ग्राम ३ सय २० मिलिग्राम सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो।
चितवनको रत्ननगर नगरपालिका-१३ पञ्चरत्न टोलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ४ ट्याब्लेट सहित २ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २७ वर्षीय रबिन लामिछाने मगर र २६ वर्षीय अमृत लामिछाने मगर रहेका छन्। प्रहरी चौकी पञ्चकन्याबाट खटिएको प्रहरीले रबिनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो।
सुनसरीको धरान उपमहानगरपालिका-१३ आँपगाछीस्थित सडकबाट अवैध लागूऔषध गाँजा ५९ किलोग्राम सहित ३ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा भारत बिहार सुपौल बलुवा बजार-६ बस्ने २२ वर्षीय सुबोध कुमार, सुपौल बलुवा बजार-२ बस्ने २२ वर्षीय रोहित कुमार र सुपौल बजार-१ बस्ने ४० वर्षीय मोहमद जमशेर रहेका छन्। इलाका प्रहरी कार्यालय धरान समेतबाट खटिएको प्रहरीले भेडेटारबाट धरानतर्फ आउँदै गरेको बिआर १० पिबि २२४१ नम्बरको स्कार्पियोमा सवार उनीहरूलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।







डिसी नेपाल







Facebook Comment