अमेरिकासँग वार्ताका बीच रूसले माग्यो इरानको युरेनियम
काठमाडौं । रुसको सरकारी स्वामित्वमा रहेको आणविक ऊर्जा कम्पनी रोसाटोमका प्रमुख एलेक्सी लिखाचेभले इरानबाट समृद्ध युरेनियम ढुवानीमा रुसले मद्दत गर्न सक्ने बताएका छन्।
बीबीसी फारसीका अनुसार यो जानकारी औद्योगिक प्रकाशन “स्ट्राना रोसाटोम” को टेलिग्राम च्यानलमा प्रकाशित भएको थियो।
“प्राविधिक कठिनाइहरू बाहेक, अमेरिका र इरान बीचको भविष्यको कुनै पनि सम्झौतामा विश्वासको मुद्दा सबैभन्दा महत्त्वपूर्ण हुन्छ,” एलेक्सीले भने।
उनले थप भने, “यस विषयमा इरानसँग राम्रो सहकार्यको अनुभव केवल रूससँग मात्र छ। हामीले २०१५ मा इरानको अनुरोधमा समृद्ध युरेनियम लिइसकेका थियौं र आज पनि हामी यसमा सहयोग गर्न तयार छौं।”
वास्तवमा, दुई दिन अघि डोनाल्ड ट्रम्पले इरानसँग सम्झौता “धेरै नजिक” भएको बताएका थिए।
उनले इरानले लगभग ४४० किलोग्राम समृद्ध युरेनियम उपलब्ध गराउन सहमति जनाएको दाबी गरे। यद्यपि, इरानको विदेश मन्त्रालयका प्रवक्ताले उक्त दाबीलाई अस्वीकार गरे।







डिसी नेपाल







Facebook Comment