रास्वपा महामन्त्रीमा भूपदेव शाह
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महामन्त्रीमा भूपदेव शाह चयन भएका छन्।
सोमबार बसेको केन्द्रीय समिति बैठकले भूपदेवलाई महामन्त्रीमा मनोनीत गर्ने निर्णय गरेको हो।
अछाम घर भएका भूपदेव प्रधानमन्त्री बालेन शाहका विश्वास पात्र हुन्। बालेन काठमाडौं महानगरपालिकाको मेयर हुँदा भुपदेवले प्रमुख स्वकीय सचिव भएर काम गरेका थिए।
यससँगै रास्वपामा तीन जना महामन्त्री भएका छन्। कविन्द्र बुर्लाकोटी र सुनील लम्साल यसअघि नै महामन्त्री रहेका छन्।
आजको बैठकले सचिवालय सदस्यमा सागर ढकाल र सरिताश्री ज्ञवालीलाई मनोनीत गर्ने निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिए।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment