रामेछाप सभापति तामाङलाई स्पष्टिकरण सोध्ने कांग्रेसको निर्णय
काठमाडौं। नेपाली कांग्रेसले पार्टीका रामेछाप जिल्ला सभापति पूर्णबहादुर तामाङ (कान्छाराम)लाई स्पष्टिकरण सोध्ने निर्णय गरेको छ।
कांग्रेस केन्द्रीय अनुशासन समितिको आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले पदीय मर्यादाको ख्याल नगरी पार्टी नेतृत्वविरुद्ध बोलेको भन्दै स्पष्टिकरण सोध्ने निर्णय गरेको हो।
समितिका सभापति तारामान गुरुङको संयोजकत्वमा बसेको बैठकले पदीय मर्यादाको ख्याल नगरी नेपाली कांग्रेस पार्टी र पार्टीको नेतृत्वका विरुद्ध बदनियत राखी भ्रमपूर्ण र तथ्यहीन अभिव्यक्ति दिएकाले स्पष्टिकरण सोध्ने निर्णय गरेको समितिका सचिव दिनेश थापामगरले जानकारी दिए।
तामाङलाई कांग्रेसको विधान २०१७, (संशोधन सहित) को धारा ३४ को उपधारा १ (क) (ख) (ग) (ङ) र (च) बमोजिमको अनुशासन उल्लङ्घन भएको देखिएकाले पार्टीको विधान २०१७, (संशोधन सहित) को धारा ३४ को उपधारा ८ (घ) बमोजिम ३ (तीन) दिनभित्र स्पष्टिकरण सोध्ने निर्णय गरेको हो।







डिसी नेपाल







Facebook Comment