सबैलाई साथमा लिएर महाधिवेशन सफल बनाइने सभापति थापाकाे भनाइ

डिसी नेपाल
९ वैशाख २०८३ १३:०९

मोरङ। नेपाली कांग्रेसका सभापति गगन थापाले १५औं महाधिवेशन सफल बनाउन सबैलाई साथ लिएर अघि बढ्ने बताएका छन्। विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले त्यसका लागि सबै साथीहरुसँग संवादमा रहेको बताए।

अध्यक्ष थापाले नेपाली कांग्रेस संघीय संसदमा प्रतिपक्षमा रहे पनि सात प्रदेश र स्थानीय निकायमा अग्र स्थानमा रहेकाले पार्टीको काँधमा ठूलो जिम्मेवारी रहेको बताए।

उनले पार्टीको केन्द्रीय समितिको निर्णयले वर्तमान सरकारप्रति मुलुकमा सुशासन कायम गर्ने तथा संविधानको कार्यान्वयनलगायत जनतासँग सम्बन्धित विषयमा सहयोग रहने बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *