भारतीय तीर्थयात्री सवार जीप दुर्घटना : एकको मृत्यु, २० जना घाइते

डिसी नेपाल
१० वैशाख २०८३ १६:०४

काठमाडौं । प्युठानमा भारतीय तीर्थयात्री जीप दुर्घटना हुँदा एक जनाको ज्यान जानुका साथै २० जना घाइते भएका छन्।

प्युठानको स्वर्गद्वारीतर्फ जाँदै गरेको भारतीय तीर्थयात्री सवार लु१ज ३१७५ नम्बरको जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो।

बिहीबार दिउँसो प्युठान नगरपालिका–४ टाकुरा सडकखण्डमा जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं डीएसपी नरहरि अधिकारीले बताएका छन्।

घाइते अधिकांशको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। घाइतेलाई उपचारका लागि बुटवल पठाइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *