सुभाष कुमार पाध्या चैत महिनाको उत्कृष्ट प्रहरी घोषित
काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा कार्यरत प्रहरी सहायक निरीक्षक सुभाष कुमार पाध्या चैत महिनाको उत्कृष्ट प्रहरी घोषित भएका छन्।
ट्राफिक नियम उल्लंघन गर्ने बढीभन्दा बढी सवारी चालकलाई कारबाहीको दायरामा ल्याई चुस्त दुरुस्त रहि विभागीय नीति निर्देशन अनुसार काम गरेको भन्दै उनलाई बुधबार उत्कृष्ट प्रहरी घोषित गरिएको हो।
उनले सवारी आवागमनलाई सरल, सहज, सुरक्षित र भरपर्दो बनाउन आफूलाई तोकिएको जिम्मेवारी विवाद रहित तवरले पूरा गरेको प्रहरीले जनाएको छ।
उपत्यकाको ट्राफिक व्यवस्थापनलाई सरल, सहज र सुरक्षित बनाउन अहम भूमिका निर्वाह, सवारी दुर्घना न्यूनिकरण तथा नियन्त्रण, परिणाममुखी प्रहरी सेवा प्रदान, ट्राफिक सचेतना तथा सडक सुरक्षा सम्बन्धी जनचेतना अभिवृद्धि गराउने कार्यमा उनले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। यसका साथै उनले गरिव, विपन्न र असहाय नागरिकलाई आफूले सक्दो सहयोग गरेको प्रहरीले जनाएको छ।







डिसी नेपाल







Facebook Comment