पाकिस्तानी विदेश मन्त्रालयको विज्ञप्तिमा अमेरिका-इरान वार्ताको कुनै उल्लेख छैन
काठमाडौं । इरानी विदेशमन्त्री अब्बास अरघची एक प्रतिनिधिमण्डलसहित इस्लामाबाद आइपुगेका छन्। पाकिस्तानी विदेश मन्त्रालयले उनको भ्रमणको बारेमा एक विज्ञप्ति जारी गरेको छ।
पाकिस्तानी विदेश मन्त्रालयको विज्ञप्तिमा इरान र अमेरिकाबीचको बैठकको बारेमा उल्लेख गरिएको छैन।
यसअघि इरानको विदेश मन्त्रालयले एक विज्ञप्तिमा अराघचीको इस्लामाबाद भ्रमणको क्रममा “इरान र अमेरिकाबीच कुनै पनि बैठकको योजना नभएको” बताएको थियो।
यद्यपि, इरानी विदेश मन्त्रालयका प्रवक्ताले भने कि ‘इरानको विचार पाकिस्तानलाई पुर्याइनेछ।’
पाकिस्तानको विदेश मन्त्रालयले भनेको छ , “विदेशमन्त्री अब्बास अरघचीको नेतृत्वमा इरानी प्रतिनिधिमण्डल आज इस्लामाबाद आइपुगेको छ। उनलाई उपप्रधानमन्त्री तथा विदेशमन्त्री मोहम्मद इशाक दार, फिल्ड मार्शल असिम मुनीर र अन्य वरिष्ठ अधिकारीहरूले स्वागत गरेका छन्।”
विज्ञप्तिमा भनिएको छ, “यस अवधिमा इरानी विदेशमन्त्रीले पाकिस्तानको वरिष्ठ नेतृत्वसँग भेटवार्ता गर्नेछन्। यी बैठकहरूमा यस क्षेत्रमा भएका पछिल्ला घटनाक्रमहरूका साथै क्षेत्रीय शान्ति र स्थिरताका लागि जारी प्रयासहरूबारे छलफल हुनेछ।”







डिसी नेपाल







Facebook Comment