मन्त्री पोखरेल भन्छन्- कीर्तिपुर क्रिकेट मैदानको भाडा सम्झौता चाडै हुन्छ
काठमाडौं । शिक्षा मन्त्री सस्मित पोखलेलले त्रिवि क्रिकेट मैदान र नेपाल क्रिकेट संघ (क्यान)बीचको भाडा सम्झौता चाडै हुने बताएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को निर्णय सुनाउने क्रममा उनले यस्तो प्रस्ट पारेका हुन्।
त्रिवि क्रिकेट मैदानबारे सञ्चारकर्मीले राखेको जिज्ञासामा उनले भने, ‘आज मात्रै त्रिविका उपकूलपतिसहितका उच्च पदाधिकारीसँग छलफल भएको छ। भाडा सम्झौता प्रक्रिया छिटै अगाडि बढ्नेछ।’
आज बिहान त्रिवि उपकुलपतिसहितको बैठक बसेकोमा सकारात्मक रुपमा संवाद अगाडि बढेको उनले जानकारी दिए। ‘त्रिबि मैदान खाली गराउने होइन, भाडा सम्झौता रिन्यू गर्ने हो। राज्यको यत्रो लगानी भएको छ। त्यो राज्यकै संरचना हो। लिज पुन: एग्रिमेन्ट गराउनुपर्नेछ। त्यो काम छिटै हुन्छ,’ उनले भने।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment