शेखर गोल्छाविरूद्ध अनुसन्धानका लागि तीन दिन म्याद थप

डिसी नेपाल
१४ वैशाख २०८३ २०:४१

काठमाडौं । व्यवसायी शेखर गोल्छाविरूद्ध अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले थप ३ दिनको म्याद दिएको छ। अदालतले सोमबार गोल्छालाई थप ३ दिन थुनामा राख्न अनुमति दिएको हो।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले गोल्छालाई गत बिहीबार नक्सालबाट पक्राउ गरेको थियो।

नेपाल धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवदेनको आधारमा गोल्छालाई पक्राउ गरी चार दिन म्याद थपेर अनुसन्धान भइरहेकामा गोल्छा थप तीन दिन सीआईबी नियन्त्रणमा बस्ने भएका हुन्।

हिमालयन रिइन्स्योरेन्सका तत्कालीन अध्यक्ष गोल्छासमेतको मिलेमतोमा धितोपत्र सम्बन्धी ऐन २०६३ को दफा ९४, ९५, ९६ को उपदफा १ र दफा ९८ बमोजिम कसुरमा उक्त ऐनको दफा १०३ को उपदफा ३ बमोजिम थप अनुसन्धान तथा कारबाहीका लागि नेपाल धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदन २०८३ ब्यूरोमा प्राप्त भएपछि वैशाख १० गते काठमाडौं जिल्ला अदालतले पक्राउ अनुमति दिएपछि गोल्छालाई पक्राउ थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *