इरानका सर्वोच्च नेता मोज्तबा खामेनी जीवित भएको ठोस प्रमाण छैन : अमेरिका

डिसी नेपाल
१५ वैशाख २०८३ १३:४४

काठमाडौं । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इरानको शक्ति ‘कट्टरपन्थी सोच’ भएकाहरूको हातमा रहेको बताएका छन्।

फक्स न्यूजसँगको अन्तर्वार्तामा रुबियोले भने, “धार्मिक रूपमा कट्टरपन्थी व्यक्तिहरू इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्सका अधिकारी मात्र होइनन्, तर इरानी राजनीति र उनीहरूको वरपरको परिषद्मा पनि संलग्न छन्।”

यस अन्तर्वार्तामा रुबियोलाई सोधिएको थियो – के उनलाई लाग्छ कि इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनी जीवित छन् ?

यसबारे मार्को रुबियोले भने, “हो, हामीसँग उनी जीवित छन् भन्ने संकेत छ तर यसको कुनै ठोस प्रमाण छैन। इरानले पनि उनी जीवित रहेको दाबी गर्दै आएको छ।”

अयातोल्लाह अली खामेनीको हत्यापछि सर्वोच्च नेता बनेका मोज्तबा खामेनीको कुनै पनि भिडियो वा अडियो जारी गरिएको छैन मिडियामा लिखित सन्देशहरू मात्र देखा परेका छन्। यसले उनी जीवित नरहेको आशंका बढेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *