गायिका मीना लामा र खेम सेन्चुरीको ‘भाका सारेर’ सार्वजनिक

डिसी नेपाल
१८ वैशाख २०८३ ११:०१

काठमाडौँ। नेपाली लोक तथा दोहोरी गीत संगीत क्षेत्रकी स्थापित गायिका मीना लामाले आफ्नो नयाँ सांगीतिक कोसेली ‘भाका सारेर’ बजारमा ल्याएकी छिन्। पछिल्लो समय चर्चाको शिखरमा रहेका गायक खेम सेन्चुरी र मीना लामाको स्वरले सजिएको यो गीत भर्खरै मात्र सार्वजनिक गरिएको हो।

नेत्र अर्यालको शब्द रचना र नन्दु परियारको सुमधुर संगीत रहेको यस गीतलाई मीना लामाकै आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ। मौलिक लय र शब्दले भरिएको यस गीतले नेपाली संगीत प्रेमीहरूको मन जित्ने अपेक्षा गरिएको छ।

धादिङको गल्छी गाउँपालिका–७ मा बुवा रामचन्द्र तामाङ र आमा कान्छीमाया तामाङको कोखबाट माइली छोरीको रूपमा जन्मिएकी मीना लामा नेपाली गीत संगीतको क्षेत्रमा एक परिचित नाम हो। उनले हालसम्म झन्डै ५ देखि ६ हजारभन्दा बढी गीतहरूमा आफ्नो मिठो आवाज भरिसकेकी छिन्।

नेपाली लोक दोहोरी क्षेत्रमा ‘दोहोरीकी रानी’ उपनामले समेत चिनिने लामाले हङकङ, कोरिया, युके, जापान लगायत दुई दर्जनभन्दा बढी देशहरूमा पुगेर आफ्नो प्रत्यक्ष सांगीतिक प्रस्तुति दिइसकेकी छिन्। विदेशका विभिन्न स्टेजहरूमा नेपाली कला र संस्कृतिलाई सफलतापूर्वक प्रस्तुत गरेर उनी हालै स्वदेश फर्किएकी हुन्।

कलाकारितालाई नै मुख्य पेशा बनाएकी लामा यसै क्षेत्रबाट एक सफल र सम्पन्न कलाकारको रूपमा स्थापित हुन सफल भएकी छिन्। नयाँ गीत ‘भाका सारेर’ ले उनको सांगीतिक उचाइलाई थप नयाँ मोड दिने विश्वास लिइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *