बुद्धकथा : पाँच तत्वद्वारा क्रोध शान्त गर्ने मार्ग
जन्मोत्सव बुद्धको पावन दिव्य प्रभाले धर्ती उज्यालियो,
क्रोधाकुल मन लिएर एक जन हृदयमा पीडा बोकालियो।
आलोचनाको तीर झेली थकित मनुष्य निराश बन्दै गयो,
शान्ति खोजी भन्ते समक्ष गयो, करुणा वचनले हृदय पग्लियो।
पृथ्वीझैँ दृढ रह, जलझैँ बग, अग्निज्वालाजस्तै रूप फेर,
वायुजस्तै स्वतन्त्र बन, नभझैँ विशाल बन, हटाऊँ अन्धकार फेर।
पञ्चतत्वको ज्ञानले मन शुद्ध भई क्रोध क्षणमै हरायो,
भित्रैको आँधी शान्त भई, पीडाको बादल पनि विलायो।
अंगुलिमाल कठोर मन लिए हिंस्रक मार्गमा भट्किएको,
बुद्धदर्शन पाई क्षणभरमै पापको भार सबै झरेको।
निश्कर्मक भई शान्ति पथ चलाई जगत्मा कीर्ति फैलायो,
करुणा–क्षमा महान् शक्ति हो, बुद्धले जगलाई सिकायो।
देवदत्तले घात गर्यो, विघ्न गर्यो, चोट दियो अनेक,
तैपनि बुद्धको हृदयमा द्वेष कहिल्यै उठेन एक क्षण नेक।
क्षमा–करुणा नै धर्म हो, यही मार्गले मन उज्यालिन्छ,
द्वेषको ज्वाला निभेर अन्ततः शान्तिको फूल फुल्दछ, खिल्दछ।
अन्त्यमा मातृभूमि पृथ्वीभरि शान्ति छरियोस्, करुणा फैलियोस्,
प्राणी सबै सुखी रहून्, मनमा मैत्रीको दीप प्रज्वलियोस्।
बुद्धका दिव्य उपदेशले अन्धकार हटाई उज्यालो ल्याओस्,
हृदय–हृदयमा शान्ति बसोस्, जगत्भरि मंगलमय छाओस्।
No ads found for this position


Facebook Comment