सर्लाहीमा एक युवक पोखरीमा मृत अवस्थामा फेला, हत्याको आशङ्का

डिसी नेपाल
१८ वैशाख २०८३ १८:३९

सर्लाही। सर्लाहीको सदरमुकाम मलङ्गवामा एक युवक पोखरीमा मृत अवस्थामा फेला परेका छन्।

मलङ्गवा नगरपालिका – ४ निवासी ३५ वर्षीय मोहबुब मिकरानी उर्फ ‘दिवाना’ शुक्रबार बिहान पन्दुबा पोखरीमा मृत भेटिएको प्रहरीले जनाएको छ।

स्थानीयवासीले पोखरीभित्र युवकको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। सूचना प्राप्त भएपछि पुगेको प्रहरी टोलीले घटनास्थलको निरीक्षण गरी शव नियन्त्रणमा लिएको थियो। पछि मृतककी आमाले शवको सनाखत गरेकी थिइन्।

मृतककी आमाले छोराको हत्या गरिएको हुनसक्ने आशंका व्यक्त गरेकी छन्। घटनालाई शंकास्पद रूपमा हेरिएको भन्दै प्रहरीले आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *