चार तले घरमा भीषण आगलागी, नौ जनाको शव भेटियो
काठमाडौं । आइतबार बिहान दिल्लीको शाहदराको विवेक विहारमा रहेको चार तले भवनमा भीषण आगलागी भएको छ। स्थानीय नगर काउन्सिलरले घटनामा नौ जनाको शव फेला परेको बताएका छन्।
उद्धार र आगो निभाउने कार्यको क्रममा भवनबाट १०-१५ जनालाई उद्धार गरिएको थियो।
यसैबीच, शाहदरा जिल्लाका डीसीपी राजेन्द्र प्रसाद मीणाले भने , “हामीलाई बिहान ४ बजे आगलागीको बारेमा जानकारी प्राप्त भयो। दमकल तुरुन्तै घटनास्थलमा पुगेर आगो नियन्त्रणमा ल्यायो। यहाँ ३-४ वटा शव भेटिएका छन्।”
स्थानीय नगर काउन्सिलर पंकज लुथ्राले भने , “सूचना पाउने बित्तिकै म तुरुन्तै घटनास्थलमा पुगेँ। दोस्रो तल्लाको पछाडि पाँचवटा शव भेटिए। पछाडि अर्को शव भेटियो र माथिल्लो तल्लामा तीनवटा शव भेटिए।”
उनले भने, “अहिलेसम्म नौ जनाको शव भेटिएको पुष्टि भएको छ।”







डिसी नेपाल







Facebook Comment