इरानले पठायो युद्ध अन्त्य गर्ने प्रस्ताव, ट्रम्पले के भने ?
काठमाडौं । अमेरिका र इरानबीच विगत तीन हप्तादेखि युद्धविराम लागू छ। इरानले युद्ध अन्त्य गर्न नयाँ योजना पेश गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसको समीक्षा गर्ने बताएका छन्।
डोनाल्ड ट्रम्पले ट्रुथ सोसलमा लेखेको पोस्टमा लेखेका छन् , “म चाँडै इरानले हामीलाई पठाएको योजनाको समीक्षा गर्नेछु।”
“तर मलाई लाग्दैन कि त्यो स्वीकार्य हुनेछ, किनकि उनीहरूले विगत ४७ वर्षमा मानवता र संसारलाई गरेको कामको लागि अहिलेसम्म ठूलो मूल्य चुकाएका छैनन्,” उनले लेखे।
यसअघि पनि डोनाल्ड ट्रम्पले शुक्रबार एक विज्ञप्तिमा इरानले पठाएको योजनाबाट आफू सन्तुष्ट नभएको बताएका थिए।
“इरान सम्झौता गर्न चाहन्छ, तर उनीहरू आफ्ना प्रस्तावहरूसँग सन्तुष्ट छैनन्। अब हेरौं अब के हुन्छ,” उनले ह्वाइट हाउसमा पत्रकारहरूलाई भने।







डिसी नेपाल







Facebook Comment