चितवन निकुञ्जमा बाघ मृत फेला
काठमाडौं। चितवन राष्ट्रिय निकुञ्जको भिम्ले पोस्ट नजिकै एक बाघ मृत फेला परेको छ।
पश्चिम चितवनको मेघौली नजिकै पर्ने निकुञ्जको कोर इलाकामा करिब दुई वर्षको भाले बाघ मृत भेटिएको हो।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा। गणेश पन्तका अनुसार आइतबार नै निकुञ्जका पशु चिकित्सकहरूले मृत बाघको शवपरीक्षण ९पोस्टमार्टम० गरेका छन्। दुई वर्षको उक्त बाघ के कारणले मर्यो भन्ने विषयमा अझै यकिन हुन सकेको छैन। यद्यपि, मृत बाघको पुच्छरमा गहिरो घाउ देखिएको छ।
निकुञ्जका संरक्षण अधिकृत अविनाश मगरले उक्त घाउ अन्य बाघको आक्रमणबाट भएको हुन सक्ने अनुमान गर्नुभएको छ। यसअघि दुई दिनअघि मात्रै निकुञ्जमा करिब डेढ महिनाको ओथारो (डमर) मृत अवस्थामा भेटिएको थियो। माउले छाडेको अवस्थामा फेला परेको उक्त डमरुको उपचारका क्रममा मृत्यु भएको निकुञ्जले जनाएको छ।
चितवन राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षमा यो पछिल्लो घटनासहित बाघ मर्नेको सङ्ख्या छ पुगेको छ।







डिसी नेपाल







Facebook Comment