बाजुरामा चट्याङ लागेर एक वृद्धकाे मृत्यु

डिसी नेपाल
२१ वैशाख २०८३ १७:२३

बाजुरा। बाजुरामा चट्याङ लागेर एक वृद्धकाे मृत्यु भएको छ।बाजुराकाे बुढीनन्दा नगरपालिका–३ डोगडावाडाका ७३ वर्षीय नैना बुढाकाे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा प्रवक्ता नरेशबहादुर शाहीले जानकारी दिएका छन्।

उनका अनुसार,पशु चौपाया चराउन गएका बेला चट्याङ लागेर घाइते भएका बुढाको उपचार गर्न आधारभूत अस्पताल कोल्टीमा ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको बताएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *