डोल्पामा जिप दुर्घटना

डिसी नेपाल
२१ वैशाख २०८३ २१:२१

काठमाडौं । डोल्पाको मुड्केचुला गाउँपालिका-१ भोटाऔलमा सोमबार साँझ जिप दुर्घटना हुँदा तीन जना घाइते भएका छन्।

रुकुम पश्चिमको त्रिवेणीबाट डोल्पाको मुड्केचुला खर्कतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ च ०४२८ नम्बरको जिप दुर्घटनामा परेको हो।

जिल्ला प्रहरी कार्यालय डोल्पाका अनुसार जिपमा करिब १५ जना सवार रहेकोमा तीन जना घाइते भएका छन्।

घाइतेहरूलाई उपचारका लागि रुकुम पश्चिमको आठबिसकोटस्थित एक अस्पतालमा लगिएको छ। घटनाको थप विवरण प्राप्त हुन सकेको छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *