साथीबीचको विवादले उग्ररुप लिँदा काठमाडौंमा एक युवकको हत्या
xr:d:DAFQ4UFI_nI:702,j:44705443211,t:23040605
काठमाडौं । काठमाडौंको कीर्तिपुरमा साथीहरूबीचको विवादले उग्ररुप लिँदा धारिलो हतियार प्रहारबाट एक युवकको ज्यान गएको छ।
कीर्तिपुर नगरपालिका–१० बोडेटोलमा धारिलो हतियार प्रहारबाट गुल्मीको धुर्कोट गाउँपालिकाका विपिन घिमिरेको ज्यान गएको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले दिएको जानकारी अनुसार साथीबीचको विवादले उग्ररुप लिँदा हत्याको भएको हो। हत्यारालाई पक्राउ परिनसकेको प्रहरीको भनाइ छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment