नेपालगञ्जमा हत्याको आरोपमा ६ जना पक्राउ
xr:d:DAFQ4UFI_nI:702,j:44705443211,t:23040605
नेपालगञ्ज। नेपालगञ्ज उपमहानगरपालिका–१२, बेलासपुरमा एक युवकको हत्या गरेको आरोपमा प्रहरीले आज छ जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा कैलालीको लम्कीचुहा नगरपालिका–१ बस्ने १९ वर्षीय दीपेन्द्रराज गिरी, सोही स्थान निवासी २० वर्षीय बिबीएस कुँवर, सोही स्थानका १८ वर्षीय सुशील खत्री, सोही ठाउँका २० वर्षीय खकेन्द्र देवकोटा, कालीकोट पचालझरना–६ बस्ने १८ वर्षीय सन्तोष सन्ज्याल र सुर्खेतका २० वर्षीय रुपेश थापा रहेको जिल्ला प्रहरी कार्यालय, बाँकेले जनाएको छ।
सो घटनामा संलग्नमध्ये चार जनालाई बर्दिया ठाकुरबाबा नगरपालिकाबाट र दुई जनालाई नेपालगञ्जबाट नै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक दीपक पातलीले जानकारी दिए।
उनका अनुसार घटनास्थालबाट प्रहरीले एक थान चक्कु, सुपप्र ०१–०१४ प १२५६ नं को एनएस २०० मोटरसाइकल, सिसाका बोटल बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक पातलीका अनुसार नेपालगञ्ज–१२ स्थित प्रितम अधिकारीको घरमा ब्रतवन्धको कार्यक्रम रहेको, घरमा बस्ने ठाउँ नभएकाले छिमेकीको घरमा गएको र रमाइलो गर्ने क्रममा दीपेन्द्रराज गिरी र विशालचन्द्र ठकुरीबीचको विवादले उग्ररुप लिएपछि बाँकेको खजुरा गाउँपालिका–६ का २२ वर्षीय विशाल चन्द ठकुरीको हत्या भएको थियो।
उहाँका अनुसार चक्कुलगायतका धारिलो हतियार ठकुरीमाथि प्रहार गरिएको र कोठाबाट भाग्न खोज्दासमेत लखेट्दै धारिलो हतियार प्रहार गरेर गम्भीर घाइते भएका ठकुरीको स्थानीय अस्पतालमा उपचार गर्दागर्दै मृत्यु भएको थियो।







डिसी नेपाल







Facebook Comment