चरित्रहत्या गरिएको भन्दै गायक रामकृष्ण ढकालद्वारा साइबर ब्युरोमा उजुरी

डिसी नेपाल
२५ वैशाख २०८३ १४:४४

काठमाडौं। चर्चित गायक रामकृष्ण ढकालले सामाजिक सञ्जालमार्फत आफ्नो चरित्रहत्या र मानहानी गरिएको भन्दै प्रहरीको साइबर ब्युरोमा उजुरी दिएका छन्।

आफूविरुद्ध विभिन्न माध्यमबाट भ्रामक प्रचार गरी व्यक्तिगत प्रतिष्ठामा आँच पुर्‍याउने काम भएको भन्दै गायक ढकाल बिहीबार आफैं ब्युरो पुगेर लिखित उजुरी दर्ता गराएका हुन्। साइबर ब्युरोका एसपी दिलीप कुमार गिरीका अनुसार सो विषयमा आवश्यक अनुसन्धान सुरु गरिसकिएको छ।

पछिल्लो समय ‘जेनजी’ प्रदर्शनका क्रममा भदौ २४ गते नक्खु कारागारबाट रिहा भएका रवि लामिछानेलाई लिन गायक ढकाल आफ्नै कार लिएर पुगेका थिए। सोही घटनालाई लिएर सामाजिक सञ्जालमा उनको तीव्र आलोचना भइरहेको छ।

यो विवाद बढ्दै जाँदा कतिपय प्रयोगकर्ताले उनले निर्माण गरेको चलचित्र ‘मालती मङ्गले’ समेत बहिष्कार गर्ने धम्की दिँदै आएका छन्। यसरी निरन्तर भइरहेको प्रहार र धम्कीपूर्ण व्यवहारले आफ्नो मर्यादामा धक्का पुगेको महसुस गरी उनले कानुनी उपचारको बाटो रोजेका हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *