कांग्रेस सह–महामन्त्री भन्छन् : एमालेसँगको सहकार्य टुट्दैन

डिसी नेपाल
२५ वैशाख २०८३ १६:३१

धनगढी। नेपाली कांग्रेसका सह महामन्त्री प्रकाश रसाइलीले सुदूरपश्चिम प्रदेशमा अहिलेकै सत्ता गठबन्धन कायम रहने बताएका छन्।

शनिबारदेखि धनगढीमा हुने कांग्रेसको प्रदेश स्तरीय चुनावी समीक्षा कार्यक्रमको बारेमा जानकारी दिन शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सह–महामन्त्री रसाइलीले तत्काल सरकार नढल्ने सत्ता गठबन्धनमा पनि कुनै हेरफेर नहुने स्पष्ट पारेका हुन्। रसाइलीले मुख्यमन्त्रीका बारेमा पार्टीमा कुनै छलफल समेत बताए।

कांग्रेसले आयोजना गर्ने चुनावी समीक्षा कार्यक्रममा सभापति गगन थापा, उप सभापति विश्वप्रकाश शर्मालगायतका नेता सहभागी हुनेछन्।

कार्यक्रममा सुदूरपश्चिम प्रदेशबाट फागुन २१ गते सम्पन्न निर्वाचनमा विजयी भएका तथा पराजित उम्मेद्वार, प्रदेश सभा सदस्य तथा स्थानीय तहका जनप्रतिनिधिको सहभागिता रहने रसाइलीले बताए।

रसाइलीका अनुसार सोमबार प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रम आयोजना गर्नेछ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *