बालेन शाहको नयाँ क्याजूअल लुकको चर्चा
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहको नयाँ तस्बिरले सामाजिक सञ्जालमा चर्चा पाएको छ। प्रायः कालो औपचारिक पोशाकमा देखिने बालेन यसपटक भने फरक तथा क्याजुअल शैलीमा प्रस्तुत भएका छन्।
सामाजिक सञ्जालमा उनले सेयर गरेको तस्वीरमा बालेन आरामसँग कुर्सीमा बसेको अवस्थामा देखिन्छन्। सेतो सर्ट, धर्के पाइन्ट, सेतो स्निकर जुत्ता र कालो सनग्लासमा उनको लुक निकै आकर्षक र स्टाइलिस देखिएको छ।
तस्बिरसँग राखिएको ह्याप्पी र स्माइली इमोजीले पनि उनको रमाइलो मुड झल्काएको छ। औपचारिक तथा राजनीतिक भूमिकामा प्रायः गम्भीर रूपमा देखिने बालेनको यो सहज र व्यक्तिगत शैली धेरैले मन पराएका छन्।
तस्वीर सार्वजनिक भएपछि सामाजिक सञ्जालमा सकारात्मक प्रतिक्रिया आउने क्रम जारी छ। धेरै प्रयोगकर्ताले उनको नयाँ लुकलाई ‘स्मार्ट’, ‘कन्फिडेन्ट’ र ‘फ्रेस’ भन्दै प्रशंसा गरेका छन्।
बालेनको यो तस्बिरले उनको राजनीतिक व्यक्तित्वसँगै व्यक्तिगत तथा फेसनप्रतिको रुचिलाई पनि उजागर गरेको टिप्पणी गरिएको छ।
यद्यपी, वैदिक सनातन र ज्योतिष शास्त्रीय दृष्टिकोणले कालो पहिरनलाई ‘असामान्य शक्ति’का रुपमा औंल्याइएको छ। ‘भैरव’ र ‘राहू’का रुपमा चित्रण गरिएको छ। प्रायः कालो पहिरनमा देखिने वालेन प्रधानमन्त्री बनेपछि फरक लुक्समा देखिएको विषय चासोमा परेको हो।







डिसी नेपाल







Facebook Comment