लागूऔषधसहित विभिन्न स्थानबाट १७ जना पक्राउ
काठमाडौं। लागूऔषधसहित विभिन्न स्थानबाट १७ जना पक्राउ परेका छन्। टोखा नगरपालिका-३ ढलमलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १५८ ट्याब्लेट सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा टोखा नगरपालिका-३ भत्केको पुल बस्ने नुवाकोट घर भएका २६ वर्षीय बिजय तामाङ र २६ वर्षीया अञ्जना पाठक रहेका छन्। प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो।
सुनसरी, धरान उपमहानगरपालिका-९ बगैचा लाईनस्थित रत्न होटलबाट लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३६ ग्राम ९१० मिलिग्रामसहित ३ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौं गोकर्णेश्वर नगरपालिका-६ बस्ने सिन्धुपाल्चोक घर भएका २० वर्षीय सन्देश तामाङ, काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-६ बस्ने काभ्रे घर भएका २२ वर्षीय समिर दियाली र झापा बिर्तामोड नगरपालिका-६ नयाँ बसपार्क बस्ने २८ वर्षीय क्षितिज भण्डारी रहेका छन्।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले उक्त होटलको ७ नम्बरको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो। साथै प्रहरीले उनीहरूले प्रयोग गरेको बागमती प्रदेश०२-०२७ प ३२८१ र बागमती प्रदेश ०२-०४३ प ४८८२ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ।
यस्तै, कञ्चनपुर, भीमदत्त नगरपालिका-१० गड्डाचौकी ब्यारेलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २६० मिलिग्राम र चरेस जस्तो देखिने पदार्थ ५७० मिलिग्राम सहित कैलाली गौरीगंगा नगरपालिका(३ चौमला बस्ने १९ वर्षीय आयुष नेपालीलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
ललितपुर, ललितपुर महानगरपालिका-१८ एक्लोडाँडाबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ७६ ट्याब्लेट र नाइट्राजेपाम १७९ ट्याब्लेटसहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने सोलुखुम्बु घर भएका २४ वर्षीय एलस राई र नुवाकोट घर भएका २६ वर्षीय जयमान लामा रहेका छन्। प्रहरी प्रभाग बुग्मतीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो।
झापा, बिर्तामोड नगरपालिका-९ बाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ४२० मिलिग्राम सहित नुवाकोट घर भएका १९ वर्षीया अंजली रोईलालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ। अस्थायी प्रहरी चौकी गारामनीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी झापा, अर्जुनधारा नगरपालिका-११ बसपार्कबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २९४ ट्याब्लेट र डाइक्लोमाइन २९५ ट्याब्लेटसहित दमक नगरपालिका-२६ बस्ने सुमन थापालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो।
यसैगरी झापा, कनकाई नगरपालिका-३ पिंगडाँडाबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३२० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३१ वर्षीय मेघराज दियालीलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सुरूङगाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो।
तनहुँ, आँबुखैरेनी गाउँपालिका-४ बेनिटारबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ८८ ट्याब्लेट सहित कास्की पोखरा महानगरपालिका-३० सिसुवा बस्ने ३४ वर्षीय बिदुर पौडेललाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय आँबुखैरेनीबाट खटिएको प्रहरीले चितवनबाट पोखरातर्फ जाँदै गरेको ग.प्र.०१-००१ ख ०१२६ नम्बरको ईभी गाडीमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो।
बर्दिया, बाँसगढी नगरपालिका-९ चिसापानी चोकबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८१० मिलिग्रामसहित २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा बारबर्दिया नगरपालिका-९ माछागढ बस्ने २७ वर्षीय मोहन थारू र २५ वर्षीय दिल बहादुर थारू रहेका छन्। प्रहरी चौकी लक्ष्मणाबाट खटिएको प्रहरीले भे.६ प ९१३८ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो।
यसैगरी बर्दिया, बाँसगढी नगरपालिका-९ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४४० मिलिग्रामसहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सोही नगरपालिका(९ माछागढ बस्ने ४४ वर्षीय अमृत प्रसाद पौडेल र ३१ वर्षीय रूद्र बहादुर गुरूङ रहेका छन्। इलाका प्रहरी कार्यालय मोतिपुर समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
बाँके, बैजनाथ गाउँपालिका-५ गुरूवा गाउँ बस्ने २७ वर्षीय जुबेर हलुवाईलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम २१० मिलिग्रामसहित शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ। प्रहरी बिट जि गाउँबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो।







डिसी नेपाल







Facebook Comment