बजेट तर्जुमाका लागि गभर्नरले अर्थमन्त्रीलाई बुझाए मुलुकको आर्थिक तथा वित्तीय समीक्षा प्रतिवेदन
काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट तर्जुमा गर्ने प्रक्रिया अन्तर्गत नेपाल राष्ट्र बैंकले सरकारलाई मुलुकको पछिल्लो आर्थिक तथा वित्तीय अवस्था समेटिएको विस्तृत समीक्षा तिवेदन बुझाएको छ।
सोमबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले समक्ष उक्त प्रतिवेदन पेश गरेका हुन्।
बजेट निर्माणका लागि महत्वपूर्ण आधार मानिने यो प्रतिवेदनले वर्तमान अर्थव्यवस्थाका चुनौती र आगामी दिनमा लिनुपर्ने आर्थिक नीतिका बारेमा सुझावहरू समेटेको छ।
नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ५ मा उल्लेखित आर्थिक तथा वित्तीय अवस्था सम्बन्धी प्रतिवेदन र दफा ६९ को उपदफा ४ को विशेष व्यवस्था अनुसार केन्द्रीय बैंकले सरकारको वार्षिक बजेट निर्माणमा सहयोग पुर्याउने उद्देश्यले यो प्रतिवेदन बुझाउनुपर्ने कानुनी प्रावधान रहेको छ।
सोही व्यवस्था बमोजिम गभर्नर पौडेलले मुलुकको बाह्य क्षेत्रको अवस्था, तरलता, मुद्रास्फीति र राजस्व वृद्धिका सम्भावनाहरूबारे अर्थमन्त्रीलाई जानकारी गराउनुभएको हो।
प्रतिवेदन ग्रहण गर्दै अर्थमन्त्री डा. वाग्लेले राष्ट्र बैंकको सुझाव र तथ्यांकलाई आगामी बजेटको मुख्य आधार बनाइने बताए। यस प्रतिवेदनले आगामी आर्थिक वर्षका लागि यथार्थपरक बजेट निर्माण गर्न र वित्तीय स्थायित्व कायम गर्न सरकारलाई ठोस मार्गदर्शन गर्ने अपेक्षा गरिएको छ।







डिसी नेपाल







Facebook Comment