बस दुर्घटना, १८ जना घाइते

डिसी नेपाल
२८ वैशाख २०८३ १५:०९

धनगढी । बर्दिया राष्ट्रिय निकुञ्जमा यात्रुवाहक बस दुर्घटना हुँदा १८ जना घाइते भएका छन्।

सोमबार दिउँसो काठमाडौंबाट धनगढी गइरहेको खप्तड बडीमालिका यातायातको ना८ख १९४९ नम्बरको बस निकुञ्जमा दुर्घटना हुँदा १८ जना घाइते भएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय चिसापानीकी प्रमुख प्रहरी निरीक्षक मिरा खड्काले चालकसहित १८ जना घाइते भएको र उनीहरू मध्ये दुई जनाको अवस्था गम्भीर रहेको बताइन्।

गम्भीर घाइते भएका दुवै जनालाई लालरत्न अस्पताल लम्कीमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज रेफर गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *